२२ कार्तिक २०७८, सोमबार

काठमाडौं । युवा गायक आयुष अर्यालले नयाँ सांगीतिक कोसेली ‘नतड्पाउन’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

लोकप्रिय गायिका एलिना चौहान र आयुषको युगल स्वरमा रहेको गीत अलेक लामा र आयुष अर्यालको शब्दरचना, राहुल प्रधानको संगीत तथा एरेन्ज रहेको छ ।

रोमान्टिक शैलीको गीतको भिडियोमा मोडेल सारा लोहोरुङ्ग राई र स्वयम् गायक आयुष फिचर्ड छन् ।

जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायाँकन र विकाश धमलाको सम्पादन रहेको छ। भिडियोलाइ ओएसआर डिजिटल मार्फत शुक्रबार सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV