२२ कार्तिक २०७८, सोमबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बाेलाउनुभएकाे छ । आजै अपराह्न ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बस्ने तय भएकाे छ । सचिवालयका अनुसार बैठकमा समसायिक राजनीतिक विषयवस्तु, दैनिक प्रशासनिक कामकारबाही तथा नियमित एजेन्डामै छलफल हुनेछ ।

यसअघि साताव्यापी बेलायतकाे भ्रमणमा तथा जलवयुसम्बन्धी सम्मेलन कोप- २६ मा भाग लिएर स्वदेश फर्किए प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बाेलाउनुभएकाे हाे ।

LIVE TV