२२ कार्तिक २०७८, सोमबार
  • तारा आचार्य

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको व्याख्याता रहेको सर्वोच्च अदालतले आफै संविधान संसोधन गरेर उल्लंघन गर्ने कार्य गरेकाले वर्तमान परिस्थिति सिर्जना भएको बताउनु भएको छ ।

सोमबार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष ओलीले संवैधानिक इजलास गठन गर्ने क्रममा पनि सर्वोच्च अदालतले संविधान र कानुन उल्लंघन गरेको आरोप लगाउनु भयो । उहाँले अदालतको गरिमा र मर्यादा पालना नगर्ने तथा संविधानको पालना नगर्ने सबै न्यायाधीशले राजिनामा गर्नु राम्रो हुने बताउनुभयो ।

एमसिसीबारे सोधिएको प्रश्नमा अध्यक्ष ओलीले एमसिसीकाे विषयमा प्रधानमन्त्री  शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमध्ये एक जनाले झुट बोलिरहेको भन्दै यथार्थ बोल्न आग्रह गर्नुभयो । उनीहरुमध्ये एक जनाले पक्कै झुठो बोलेका हुनाले जनतामा द्विविधा उत्पन्न गराएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV