२२ कार्तिक २०७८, सोमबार

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायाधीशहरुको असन्तुष्टिका बीच पनि आफ्नो लागि इजलास तोकेका छन् । आज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार एसोसिएशनको आग्रह विपरीत जबराले आफ्ना लागि इजलास तोकेका हुन् ।

यस घटनाले प्रधानन्यायाधीशको राजीनामा मागिरहेका न्यायाधीशहरु र कानुन व्यवसायी झन् रुष्ट भएर आन्दोलनलाई अझ चर्काएका छन् । नेपाल बार एसोसिएसनमा आज पनि कालो ब्यानरसहित कानुन व्यवसायीहरुले प्रन्या जबराको राजीनामा मागेका छन् ।

तिहार बिदापछि अदालत खुलेको पहिलो दिन प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीश कुमार चुडालको संयुक्त इजलास तोकेका छन् । तर आन्दोलन चलिरहेका बेला बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र इजलास तोकिएको छ । अन्य मुद्दाहरु भने स्थगित छन् ।

अघिल्लाे २ हप्तादेखि न्यायाधीशरूले इजलास बहिस्कार गरेका थिए । तर गत हप्ता सर्तसहित प्रधानन्यायाधीश जबराले इजलासमा बस्न नहुने सहमतिअनुसार बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र हेर्नेगरी न्यायाधीशहरू इजलासमा फर्केका थिए । तर साेमबार पुनः प्रन्या जबरा  इजलासमा बसेमा आफूहरुले  बन्दी प्रत्यक्षीकरण मुद्दा समेत नहेर्ने न्यायाधीशहरुको अडान छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV