२१ कार्तिक २०७८, आईतवार
  • तारा आचार्य,

विराटनगर । विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय–मोरङ नजिकैको एक घरमा केही युवाहरुले तोडफोड गरेका छन् ।

शनिवार राति करिब १० बजे विराटनगर वडा नं. १ पोखरिया शान्ति चोकस्थित देविका मास्केको घरमा तोडफोड हुँदा टिनको घेराबेरा सहित दुई वटा झ्यालको सीसा फुटेको छ, भने मुल ढोका र मिटर बक्समा क्षति पुगेको छ ।

घटनाको केही समयअघि नजिकैको चोकमा युवाहरुको दुई समूह बीच झगडा भएको र त्यसमध्येको केही युवाहरु मास्केको घरमा लुकेको आशंकामा अर्को समूहले तोडफोड गरेको बताइएको छ ।

घर तोडफोडमा संलग्न भएको आशंकामा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । सो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

LIVE TV