२१ कार्तिक २०७८, आईतवार

काठमाडौं । डा. उदयराज शर्मा र सविता केसी रोटरी क्लब टेबल टेनिस प्रतियोगितामा पहिलो भएका छन् ।

भेट्रान सिंगल्सको पुरुषमा उदय तथा महिलामा सविता पहिलो भएको प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।
शुभ दिपावलीको अवसरमा डिल्लीबजार रोटरी क्लबद्वारा आयोजित प्रतियोगिताको पुरुषमा इन्द्रशेखर खड्का तथा महिलामा सम्झना पोखरेल दोश्रो भए ।

विजेतालाई सहायक गभनर्स सुनिल तुलाधरले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV