२१ कार्तिक २०७८, आईतवार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३३३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ९८० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ४१ जना र ३ सय ५३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०९ हजार ३७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५६३ जना कोरोनामुक्त भए, ९ को मृत्यु

कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ सय ६३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९५ हजार ३९७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ३३३ जनाको परीक्षण हुँदा हालसम्म कुल ५१ लाख ३१ हजार २५१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ ।

LIVE TV