२१ कार्तिक २०७८, आईतवार

एजेन्सी । स्पेनको विमानस्थलमा विमान अवतरण गरेपछि नयाँ घटना घटेको छ । शुक्रबार विमानस्थलमा विमान अवतरण गरेपछि अवैध रूपमा स्पेन प्रवेश गर्न आएका २१ यात्रुहरु भागेका छन् ।

स्पेन प्रवेश गर्न आएका ती यात्रुहरुलाई प्रहरीले घण्टै खोजेको थियो । भागेका यात्रुहरुमध्ये प्रहरीले ९ जनालाई मात्र पक्राउ गर्न सफल भएको थियो भने हालसम्म १२ जना फरार सूचीमा रहेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार मोरक्कोको कासाब्लाङ्काबाट टर्कीको इस्तान्बुल उडेको विमानभित्र एक यात्रु बिरामी परेको सूचना आएपछि उक्त उडान पाल्म डे मयोर्कातिर मोडिएको थियो। तर, विमानले अवतरण गरेपछि २१ यात्रुहरू धावनमार्गबाट दौडेर विमानस्थलको तारबार नाघेर भागेका थिए।

बिरामी भनिएका ती व्यक्तिलाई अस्पताल लगेर चेकजाँच गर्दा कुनै अस्वस्थ रहेको नभेटिएको पनि बीबीसीले जनाएको छ । बीबीसीका अनुसार अवैध रुपमा स्पेन छिर्न ती सबै प्रपञ्च यात्रुहरुले रचेको पछि चाल पाइएको थियो ।

विमान अवतरण भएपछि यात्रुहरु अकस्मात् भागेका हुन् कि योजनाबद्ध रूपमा सबै गतिविधि भएका थिए भन्नेबार अहिले प्रहरीले छानबिन गरिरहेको भनिएको छ ।

बिरामी भएका ती यात्रुलाई विमानबाट निकाल्न आकस्मिक सेवाका कर्मचारीहरू विमानभित्र प्रवेश गरेका बेला २१ यात्रु भर्‍याङबाट ओर्लिएर भागेको भनिएको छ। यसकारण पनि यात्रुहरुले योजनाबद्ध रुपमा उक्त प्रपञ्च रचेको देखिनछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV