२१ कार्तिक २०७८, आईतवार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २८ गते आइतबार बस्ने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ती अनुसार कात्तिक २८ गते दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन–ललितपुरमा बैठक बस्ने भएको हो ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध पनि गरिएको छ ।

पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७८ कार्तिक २८ गते आइतवार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV