२१ कार्तिक २०७८, आईतवार
  •  विकास पाैडेल

चितवन । चितवनमा जंगली हात्तीको आक्रमणमा परि एकजनाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १ स्थित लोथर खोलाको ड्याम साईडमा हात्तीले आक्रमण गर्दा २८ वर्षिय सागर लामाको मृत्यु भएको हो ।

चितवन र मकवानपुर जिल्लाको सिमानामा रहेको लोथर खोलाको ड्याममा अन्य दुईजना साथीसँग शनिबार बेलुका करिब ८ बजे घुम्न जाँदा उनीहरुलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीले आक्रमण गरेपछि वेपक्ता भएका सागर लामाको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।

उनको शव लोथर खोलापारि मकवानपुर जिल्लाको मनहरी गाँउपालिका वडा नम्बर ६ स्थित खयरघारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाले जानकारी दिए । हात्तीको आक्रमणमा परि ३५ वर्षिय कृष्ण लामा सामान्य घाइते भएका भने बर्ष २३ का शक्ति गुरुङ भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV