
काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।
डर्वी खेलमा सिटीसँग युनाईटेड आफुनै घरेलु मैदानमा २-० ले पराजित भएको हो । खेलको ७ औं मिनेटमा युनाईटेडका इरिक बेलीले आत्मघाती गोल गर्दा सीटीले अग्रता लिएको थियो ।
त्यसपछि सीटीका बर्नाण्डो सिल्भाले ४५ औं मिनेटमा थप एक गोल गरे । त्यसयता खेलमा कुनै गोल हुनसकेको थिएन ।
जितसँगै सीटीले ११ खेलबाट २३ अंक बनाउदा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ११ खेलमा १७ अंक बनाएको युनाइटेड पाँचौ स्थानमा रहेको छ ।