२१ कार्तिक २०७८, आईतवार

काठमाडौं । टी- ट्वान्टी विश्वकप अन्तर्गत गएराति भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १० रनले पराजित गरेको छ ।

जीतका बाबजुद दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएको छ । सुरुमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा १ सय ८९ रन बनउन सफल भएको थियो ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको उक्त लक्ष्य इंग्ल्याण्डले ८ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन सक्यो । सेमिफाइनलमा पुग्नका लागि दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १५.२ ओभरमा १ सय ३१ रनको स्कोरमा सिमित गर्नुपर्ने थियो । तर यसमा सफल रहेन ।

समूह १ बाट इंग्ल्याण्ड र अस्ट्रेलिया सेमिफाइनलमा पुगिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV