२० कार्तिक २०७८, शनिबार

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार (आज) सम्पन्न खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । वल्ड ट्राफोर्डमा भएको खेलमा सिटीले युनाइटेडलाई २–० गोलको अन्तरले पराजित गरेको हो ।

खेलको ७औं मिनेटमा युनाइटेडका इरिक बेलीको आत्मघाती गोलसँगै सिटीले अग्रता बनाएको थियो । त्यस्तै खेलको ४५औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

त्यसपछि दुबै टिमले गोल गर्न नसक्दा म्यानचेस्टर डर्वीमा सिटीले बाजी मारेको हो । यो जितसँगै सिटी लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

सिटीले ११ मध्ये सात खेलमा जित तथा दुई खेलमा बराबरीसँगै २३ अंक जोडेको छ । त्यस्तै युनाइटेडले भने घरेलु मैदानमा लगातार दोस्रो पराजय भोगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV