२० कार्तिक २०७८, शनिबार

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनल नजिक पुगेको छ । शनिबार (आज) सम्पन्न सुपर १२ को समूह ‘१’ को अन्तिम खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनल नजिक पुगेको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ५८ रनको लक्ष्य अष्ट्रेलियाले १६ ओभर २ बलमा केवल दुई विकेट गुमाएर पूरा ग¥यो । यो जितसँगै अष्ट्रेलियाले ५ खेलमध्ये ४ खेलमा जित हाँसिल पार्दै ८ अंक जोडेको छ ।

अष्ट्रेलियालाई चौथो जित दिलाउन डेभिड वार्नरले सर्वाधिक ८९ रन जोडे । उनले ५६ बलको सामना गर्दा ९ चौका र ४ छक्का प्रहार गरे, भने मिचेल मार्सले ५३ रनको योगदान दिए ।

यता वेस्ट इन्डिजका अकिल होसेन र क्रिस गेलले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन जोड्यो ।
जसका लागि कप्तान काइरोन पोलार्डले सर्वाधिक ४४ रनको योगदान गरे, भने इभिन लेविसले २९ तथा सिमरोन हिटमेयरले २७ रनको जोडे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV