२० कार्तिक २०७८, शनिबार

एजेन्सी । अमेरिकाको टेक्ससमा एउटा साङ्गितिक महोत्सवको उदघाटनमा ८ जनाको निधन भएको छ ।

बीबीसीका अनुसार ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा मञ्चको अगाडि जानका लागि भागाभाग मच्चिदा भीडमा ८ जनाको ज्यान गएको छ भने कयौँ घाइते भएका छन् ।

घटना शुक्रवार राति (त्यहाँको स्थानीय समय अनुसार) करिब सवा ११ बजे भएको थियो।

भीडमा परेर ११ जना मानिसलाई हृदयाघात भएर अस्पताल लगिएको छ । करिब ३०० जनालाई चोटपटक लागेको छ र उनीहरुको अस्पतालमा उपचार गरिएको छ बताइएको छ ।

बीबीसीका अनुसार महोत्सवमा करिब ५० हजार मानिसको सहभागिता थियो। उक्त कार्यक्रममा अमेरिकी र्‍यापर लिल बेबीले उक्त महोत्सवमा प्रस्तुती दिएका छन् ।

बीबीसीका अनुसार मानिसको भिडले मञ्चको अघिल्लो भागलाई थिच्न थाल्यो र मानिसहरू आतङ्कित हुन थालेपछि घटना घट्न पुगेको हो ।

मानिसहरू भीडमा घाइते हुन थालेपछि आयोजकले कार्यक्रम बन्द गरेको थियो। तर, घाइतेहरूको सङ्ख्या ठूलो भएका कारण चिकित्सकहरु त्यहाँ पुग्न नसकेको भनिएको छ ।

घटना घटेपछि महोत्सवको दोस्रो र अन्तिम कार्यक्रम रद्द गरिएको छ। एस्ट्रोवर्ल्ड फेस्टिभल सन् २०१८ देखि हरेक वर्ष आयोजना गरिँदै आएको छ । गत वर्ष भने कोरोना महामारीका कारण महोत्सव बन्द हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV