२० कार्तिक २०७८, शनिबार

एजेन्सी । खाद्यान्नको मूल्य एक दशकयताकै उच्च बिन्दुमा पुगेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जनाएको छ।

एफएओले गत वर्ष ३० प्रतिशतभन्दा बढी वृद्धि भएर विश्व खाद्यान्नको मूल्य एक दशकयताकै उच्च बिन्दुमा पुगेको बीबीसीले जनाएको छ ।

एफएओ तथ्याङ्ककअनुसार विश्वभर खाद्यान्न र वनस्पति तेलको मूल्य बढेको देखिएको छ । तरकारीर तेलको मूल्य अक्टोबरमा करिब १० प्रतिशतले बढेर हालसम्मकै उच्च बिन्दूमा पुगेको छ ।

एफएओका अनुसार अनाजको मूल्य एक वर्ष अघिको तुलनामा २२ प्रतिशतले वृद्धि भएको छ । विशेषरी गहुँको मूल्य वृद्धि भारी देखिएको बीबीसीले जनाएको छ ।

क्यानडा, रुस र अमेरिकाजस्ता प्रमुख निर्यातकर्ता देशहरूमा उब्जनी खराब भएपछि पछिल्लो १२ महिनामा लगभग ४० प्रतिशतले मूल्य वृद्धि भएको पनि बीबीसीले जनाएको छ ।

एफएओका अनुसार पाम, सोया, सूर्यमुखी र रेपसेड तेलको मूल्यमा भएको वृद्धिले वनस्पति तेलको मूल्य सूचकाङ्कमा वृद्धि भएको छ ।

ढुवानीमा अवरोधका कारण दूधको मूल्य पनि बढेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार गत वर्षको तुलनामा दुग्ध उत्पादनहरूको मूल्यमा करिब १६ प्रतिशत वृद्धि भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV