२० कार्तिक २०७८, शनिबार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९३२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार १३४ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय २८ जना र १ हजार ७९८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०९ हजार २३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३९६ जना कोरोनामुक्त भए, १ को मृत्यु

कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ९६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९४ हजार ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३२ जनाको परीक्षण हुँदा हालसम्म कुल ५१ लाख २८ हजार ९१८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३९ पुगेको छ ।

LIVE TV