२० कार्तिक २०७८, शनिबार

काठमाडौं । आलिया भट्ट बलिउड उद्योगको सबै भन्दा ट्यालेन्टेड अभिनेत्रीहरुमध्ये एक हुन् । ‘राजी’, ‘डियर जिन्दगी’, ‘कपूर एण्ड सन्स’, ‘स्टुडेन्ट अफ द इयर’लगायतका सुपरहिट फिल्ममा काम गरिसकेकी आलिया भट्ट आफ्नो पर्सनल लाइफका कारण सँधै चर्चामा रहँदै आएकी छन् ।

पछिल्लो समय आलिया भट्ट र उनका ब्वाइफ्रेण्ड रणवीर कपूरको विहेबारे चर्चा हुँदै आएको छ । यसैबीच प्रियंका चोपडा र दीपिका पादुकोणपछि अभिनेत्री आलिया भट्ट पनि हलिउडमा आफ्नो सिक्का जनाउनका लागि तयार भएकी छन् । इन्डिया टुडेको एक रिपोर्ट अनुसार हलिउड ट्यालेन्ट एजेन्सी डब्ल्यूएमई अर्थात् विलियम मोरिस एन्डेवयर इन्टरटेन्मेन्टले अभिनेत्री आलियालाई साइन गराएको छ ।

डब्ल्यूएमई एक अमेरिकन एजेन्सी हो, जुन क्यालिफोर्नियामा अवस्थित छ । अभिनेत्री आलियाले सन् २०२२ मा आफ्नो पहिलो हलिउड प्रोजेक्ट घोषणा गर्ने आशा गरिएको छ । रिपोर्टका अनुसार आफ्नो हलिउड प्रोजेक्टलाई लिएर अभिनेत्री आलिया निकै उत्साहित रहेकी छन् ।

त्यस्तै आलियाको बलिउड प्रोजेक्टबारे कुरा गर्नुपर्दा चाँडै उनी सञ्जय लीला भंसालीको फिल्म ‘गंगुबाई काठियावाडी’मा देखिदैछन् । त्यस्तै उनले रणवीर सिंहको साथमा ‘राँकी और रानीकी कहानी’, बाहुबली फेम निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ र अयान मुखर्जीको ‘ब्रमहास्त्र’मा पनि काम गरिरहेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV