२० कार्तिक २०७८, शनिबार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ११ बजेर २ मिनेटको शुभ साइतमा भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिनुभएकाे छ ।

उहाँका तीन भाइमध्ये दुई भाइ अमेरिकामा रहेका र  कान्छा भाइ डेगेन्द्र पाण्डे भने नेपालमै रहेकाे बताइएकाे छ । भाइटीकाकाे दिन उहाँले भाइलाइ टीका लगाएर आशीर्वादसहित सेलराेटी दिनुभएको थियाे ।

दिदीको हातको टीका लगाउन भाइ पाण्डे शीतलनिवासमै पुग्नुभएकाे राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईले बताउनुभयाे । साे क्रममा राष्ट्रपति भण्डारीकी बहिनी सुशीला पाण्डेले पनि शीतल निवासमै पुगेर दाइ डेगेन्द्रलाइ भाइटीका लगाउनुभएकाे थियाे ।

तस्वीर : रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV