२० कार्तिक २०७८, शनिबार
  • महेश पाण्डे

चितवन । बागमती प्रदेशका आन्तरिक मामला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले खराब ब्यक्तिको हातमा सत्ता जादा देशले दुर्दशा भोग्न परि रहेको बताएका छन् । जमुनापुर हेल्प सोसाईटीले आयोजना गरेको प्रथम ब्याडमिण्टन प्रतियोगिताको समापन कार्यक्रममा शनिवार चितवनमा बोल्दै मन्त्री खनालले सो कुरा बताएका हुन् ।

नेकपा ऐमालेबाट छुट्टीएर बनेको नेकपा एसका नेता समेत रहेका मन्त्री खनालले केपी ओली तिर संकेत गर्दै भने “ संस्था भनेको राजनिति हो । समाजका राजनितिक, सामाजिक र आर्थीक हरेका क्षेत्रमा समस्या छ । ती समस्या समाधान गर्नको लागि हामीले गणतन्त्र ल्यायौ ।

गणतन्त्र ल्याएपछि संबिधान बन्यो । संविधान बनेपछि फेरि निर्वाचन भयो । निर्वाचनमा राजनीतिक स्थायित्व हुन्छ कि भन्ने हाम्रो सपना थियो । तर खराब ब्यक्तिको हातमा सत्ता गयो भने देशको दुर्दशा कस्तो हुन्छ भन्ने कुरा हामीले भोग्दै छौ ।”

मन्त्री खनाले राजनितिमा देखिएका समस्या समाधान गर्दै राजनितिक दल अगाडी बढ्ने पनि बताए । उनले अहिले रहेका पार्टीलाई फेरि लिकमा ल्याएर राजनितिक स्थायित्वको चाहना पुरा गर्न अगाडी बढ्ने बताए । उनले चाडपर्वमा युवाहरुमा फजुल खर्चगर्ने पनि बानी बढेकाले त्यसतर्फ सचेत हुन पनि आग्रह गरे ।

प्रथम ब्याडमिण्टन प्रतियोगितामा संयोजक समेत रहेका शिवराम केसीले खेलाडीहरु अनुशासित भएर खेल्न सके मात्र खेल र खेलाडी दुवै अगाडी बढ्ने सक्ने धारणा राखे ।

१७ टिम सहभागी रहेको सो प्रतियोगितामा सुर्य बगाले र सानकाजि थापाको जोडी प्रथम भएको छ । सुर्य र सानकाजीको जोडीले ठाकुर लामिछोको र रामकृष्ण ढकालको जोडीलाई २१–१३, १७–२१, २१–१३ को नतिजामा जित हासिल गरेको थियो ।

कार्यक्रममा कालीका नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विनोद रेग्मी, नेकपा एसका जिल्ला सचिव केपी लामिछाने, नेकपा एसका रत्ननगर सभापति बद्री घिमिरे लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम जमुनापुर हेल्प सोसाईटीका अध्यक्ष रबिन्दै जंग थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV