२० कार्तिक २०७८, शनिबार
  • महेश पाण्डे

चितवन । रत्ननगरका रहेका बैंकहरूको एटीएम मेसिनमा पैसाको हाहाकार भएको छ । ३६५ दिन नै सेवा दिन्छु भन्ने बैंकले तिहारजस्तो चाडबाडका बेला एटीएम मेसिनमा पैसा नराख्दा वा राखे पनि कम राख्दा अहिले यो समस्या आएको हो ।

तिहारमा आवश्यक पर्दा पैसा निकालौँला भनेर बैंकमा बचत जम्मा गरेका बचतकर्ताहरु एटीएममा पैसा नभएपछि आक्रोशित भएका छन् । रत्ननगर- १० मा बस्ने सूर्य भण्डारीले भने, ‘आवश्यक पर्दा पैसा निकालौँला भनेर बैंकमा जम्मा गरियो तर चाडबाडकाे मुख्य समयमा पैसा निकाल्न नपाउँदा समस्या भएको छ  ।’

उनले बैंकले चाडबाडमा झन सहज बनाउनु पर्नेमा झनै समस्या दिएको भन्दै दुखेसो पोखे । एटीएममा पैसा नहुँदा तिहारमा दिदीबहिनीलाई दक्षिणा दिन पनि समस्या परेकाे बचकर्ताहरूकाे गुनासाे छ ।

तिहारमा रत्ननगरमा रहेका अधिकांश बैंकका एटीएममा ताला लागेका छन् । केहीमा थोरै पैसा राखिएका कारण मानिसहरुको लाइन लागेको छ भने केहीमा पैसा नै सकिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV