२० कार्तिक २०७८, शनिबार

काठमाडाैँ । आदि शंकराचार्य र गुरु गोरखनाथजीले हिन्दू सनातन धर्मको पुनर्गठन गरेको थिए । उनलाई शंकर भगवद्पादाचार्यको नामले पनि जानिन्छ, वेदान्तका अद्वैत दर्शनका उनी प्रणेता थिए । उनको विचारोपदेश आत्मा र परमात्माको एकरूपतामा आधारित छन्, जसको अनुसार परमात्मा एउटै समयमा सगुण र निर्गुण दुइटै स्वरूपमा रहन्छ । आदि शंकराचार्यलाई शिवको अवतार समेत मानिन्छ ।

आदि शंकराचार्यले सानै उमेरमा धेरै ठूला र महत्वपूर्ण काम गरेको इतिहासकारहरु बताउँछन् । दश वर्षको उमेरमा नै आचार्य शङ्करले सनातन हिन्दू धर्मको समन्वय र पुनरुत्थान गर्ने संकल्प लिएर जब आफ्नो भ्रमण सुरु गरेका थिए, तब उनी अत्यन्त चिन्तित थिए– यत्रो ठूलो अभिभारा कसरी पूरा गर्ने होला भनेर । कन्याकुमारीदेखि कश्मीर र गान्धारदेखि कामरुपसम्मका अनेक देशहरूमा छरिएका सनातन मतावलम्बीहरूमा एकताको सञ्चार र समन्वय कसरी गर्ने भन्ने नै उनको चिन्ता थियो ।

चिन्तित मुद्रामा उनी एउटा गाउँभन्दा बाहिर बरको रुखमुनि सोचमग्न थिए । काम बहुतै ठूलो थियो तर उनी निनान्त एक्ला थिए । राजशक्ति उनको साथमा थिएन भने हिन्दूहरु ससाना संकीर्ण मतमा बाँडिएका थिए । उनीहरूलाई एकीकरण गर्न निकै गाह्रो थियो । समस्या समाधानको कुनै उपाय फेला परिरहेको थिएन ।

चिन्तित शङ्कर दोपहरको समयमा भोजनका लागि भिक्षा माग्न नजीकको गाउँमा पुगे । त्यहाँ एउटा घरको ढोकामा उभिएर भिक्षाका लागि आह्वान गरे । त्यस घरकी गृहिणी भित्रबाट धेरै बेरमा आँखा पुछ्दै बाहिर निस्किइन् । शायद भित्र रोएकी रहिछन् । निन्याउरो स्वरमा भनिन्– ‘भिक्षु, तपाईँ घरबाहिर भिक्षा माग्दै हुनुहुन्छ तर मैले आफैं पनि तीन दिन भयो, खाना खान पाएकै छैन ।’

ढोकामा उभिएका ती भिक्षुलाई रित्तै फर्काउन मेरो धर्मले दिँदैन भन्दै ती गृहिणीले घरमा भएको एउटा अमलाको दाना भिक्षुलाई दिइन् । शङ्करले त्यो अमला हातमा समाते, त्यो सानो दाना उसै पनि चाउरिएको थियो ।

अनि गृहिणीको मुखमा हेरेर शंकराचार्यले भने, ‘माता तपाईँले मलाई एक अमूल्य वस्तु दिनुभएको छ । दुःख नमान्नुहोस् । यसैलाई आधार मानेर मैले हिन्दु धर्मको पुनरुद्धार गर्ने छु ।’ यति भनेर उनी आँखाभरि पार्दै आफ्नो अभियानमा निस्किए ।’

हिन्दु धर्म वेदबाट उत्पत्ति भएको छ भन्ने कुरा त्यस बखत हिन्दुहरूले बिर्सिसकेका थिए । यस्तोमा निरन्तर, नथाकीकन एसियाका सम्पूर्ण स–साना देश र राज्यहरु घुमेर हिन्दु धर्मका स–साना शाखाहरु वेदरुपी विशाल वृक्षका अंगहरु हुन् भन्ने कुरा उनले प्रमाणित गरे ।

आचार्य शङ्करले त्यसबेला हिन्दु धर्मबाट उत्पत्ति भएका ७५ ससाना मतावलम्बीका प्रमुखहरूसँग शास्त्रार्थ गरेका थिए । जैन र बौद्ध मतावलम्बीहरूलाई पनि समावेश गर्दा उनले लगभग ८० मतावलम्बीहरूसँग विभिन्न स्थानमा शास्त्रार्थ गरेको बताइन्छ । यी सबै मत वेदमूलक हुन् भनेर परिश्रमपूर्वक उनले सबैको चित्त बुझाई एक विराट वैदिक धर्मको रचना गरेकाले उनी अमर भए ।

कतिपयले शंकराचार्यको बारेमा धेरै भ्रम फैलाएका छन् भने धेरैलाई उनको बारेमा थोरै मात्र थाहा छ ।

जान्नुहोस् आदि शंकराचार्यका १० महत्वपूर्ण तथ्य

१) जन्म समय : आदि शंकराचार्य ईसापूर्व ५०८ मा जन्मेका थिए । उनले ईसापूर्व ४७४ मा आफ्नो शरीर त्यागे । ३४ वर्षको अल्पायुमा नै उनको मृत्यु बदरीनाथ धाममा भएको मानिन्छ । अर्को अभिनव शंकराचार्यको जन्म ७८८ ईस्वीमा भएको थियो र उनको मृत्यु ८२० ईस्वीमा भएको मानिन्छ ।

२) आमाबाबु : आदि शंकराचार्य हाल भारतको केरलामा पर्ने मालाबार क्षेत्रको कालाडी भन्ने ठाउँमा जन्मेका थिए । उनको जन्म शिवगुरु नम्बुदिरी ब्राह्मण र आर्यम्बा (विशिष्टादेवी) बाट भएको हो । नम्बुदिरीले तपस्यामार्फत भगवान् शंकरको वरदानस्वरुप उक्त पुत्र शंकराचार्यलाई प्राप्त गरेका थिए ।

३) चार मठको स्थापना : आदि शंकराचार्यले चार मठ स्थापना गरेका थिए । उत्तर दिशामा बद्रिकाश्रममा ज्योतिर्मठ स्थापना गरे । यसपछि पश्चिम दिशामा द्वारकामा शारदामठको स्थापना भयो । यसपछि उनले दक्षिणमा शृंगेरी मठ स्थापना गरे । यसपछि उनले अन्ततः पूर्वमा जगन्नाथ पुरीमा गोवर्धन मठ स्थापना गरे ।

४) दशनामी सम्प्रदायको स्थापना : दशनामी सम्प्रदायको स्थापना गर्ने आदिशंकराचार्य नै थिए। यी दश सम्प्रदाय यस प्रकार छन्– १. गिरी, २. पुरी, ३. भारती, ४. वन, ५. पर्वत, ६. सागर, ७. सरस्वती, ८. आश्रम, ९. आरण्य, १०. तीर्थ ।

५) शंकराचार्यका चार शिष्य :  १) पद्मपद (सनन्दन), २) हस्तमालक, ३) मण्डन मिश्र ४) तोटक (तोटकाचार्य)। यी चेलाहरू चारै वर्णका थिए भन्ने विश्वास गरिन्छ। शंकराचार्यका दुई गुरु थिए । उनीहरुलाई गौडपादाचार्यका शिष्य र गोविन्दपदाचार्यका शिष्य भनिन्थ्यो।

६) ग्रन्थहरू : प्रसिद्ध ब्रह्मसूत्र टीकाका अलावा, शंकराचार्यले एघार उपनिषदहरू र गीता र अन्य महत्त्वपूर्ण ग्रन्थहरूमा स्तोत्र-साहित्यको रचना गरेर, वैदिक धर्मको पुनर्स्थापना गर्न धेरै श्रमण, बौद्ध र हिन्दू विद्वानहरूसँग शास्त्रार्थ एवं तर्क गरेर तिनीहरूलाई पराजित गरेका थिए ।

७)  महान् अद्वैत दर्शन : शंकराचार्यको दर्शनलाई अद्वैत वेदान्तको दर्शन भनिन्छ। आदि शंकराचार्यको स्थानलाई विश्वका महान् दार्शनिकहरूमध्ये सर्वोच्च मानिन्छ। ‘ब्रह्म नै सत्य र विश्व माया हो’ भन्ने ब्राह्मण वाक्यको प्रचारप्रसार गर्ने उनी नै थिए। उनका अनुसार आत्माको गति मोक्षमा छ।

८)  राजा सुधन्वको शासनकालमा शंकराचार्य : आदि शंकराचार्यको समयमा जैन राजा सुधन्व थिए। आफ्नो शासनकालमा उनले वैदिक धर्मको प्रचारप्रसार गरेका थिए । त्यस अवधिमा उनले जैन गुरुहरूलाई बहसको लागि निम्तो दिए। राजा सुधन्वले पछि वैदिक धर्म अपनाए। राजा सुधन्वको ताम्रपत्र आज पनि उपलब्ध छ। यो ताम्रपत्र आदि शंकराचार्यको मृत्युको एक महिनाअघि लेखिएको थियो।

९) शंकराचार्यका सहपाठी : शंकराचार्यका सहपाठी चित्सुखाचार्य थिए। उनले बृहत्शंकर विजय नामक पुस्तक लेखे । त्यो पुस्तक आज मौलिक रूपमा उपलब्ध नभए पनि यसमा दुईवटा पदहरू छन्। आदि शंकराचार्यको जन्मको उल्लेख उक्त श्लोकमा पाइन्छ, जसमा उनले युधिष्ठिर संवत् २६३१ मा आदि शंकराचार्यको जन्मको कुरा गरेका छन्। उनको बलिदानको उल्लेख गुरु रत्न मलिकामा पाइन्छ।

१०) समाधि : आदि शंकराचार्यले केदारनाथ क्षेत्रमा समाधि लिएका थिए । उनको समाधि केदारनाथ मन्दिरको पछाडि अवस्थित छ । उनले जीवनकालमा केदारनाथ मन्दिरको जीर्णोद्धार पनि गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV