२० कार्तिक २०७८, शनिबार

काठमाडौं । टी–२० विश्वकपमा भारतले दोस्रो जित निकालेको छ । यूएईमा जारी प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा भारतले स्कटल्याण्डलाई ८ विकेटले पराजित गर्दै दास्रो जित दर्ता गरेको हो ।

खेलमा भारतले टस जितेर फिल्डिङ रोजेको थियो । त्यसक्रममा स्कटल्याण्डले भारतलाई जितका लागि ८६ रनको लक्ष्य दिएकाे थियो ।

उक्त लक्ष्य भारतले ६.३ ओभरमै २ विकेटको क्षतिमा पूरा गरेको थियो । जितसँगै भारतको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ । अब भारतले सेमिफाइनल पुग्नका लागि न्यूजिल्याण्ड र अफगानिस्तानबीचको खेलको नतिजा र उसले नामिबियालाई भारी अन्तरले पराजित गर्नुपर्ने हुन्छ ।

यदी नामिबियालाई ठूलो अन्तरले पराजित गर्न सके र न्यूजिल्याण्ड अफगानिस्तानसँग पराजित भए भारत सेमिफाइनल पुग्नेछ । तर यो दुवै सम्भावना अन्यन्तै न्यून रहेको छ । यदी यो अवस्था नरहे भारतले यो संस्करणको टी ट्वान्टी विश्वकपबाट बिदा लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV