२० कार्तिक २०७८, शनिबार

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संविधानको संस्थागत कार्यन्वयन मार्फत मुलुकको विकास र समृद्धिको नेतृत्वदायी मूमिका निर्वाह गरेको दावी गर्नुभएको छ ।

अध्यक्ष ओलीले शनिबार भाइटिकाको शुभकामना सन्देश जारी गर्दै एमाले  सरकारमा रहँदा विकास र समृद्धिक लागि प्रमुख भूमिकामा रहेर काम गरेको उल्लेख गर्नुभएकाे छ।

उहाँले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा आएका व्यवधानबिरुद्ध एकाबद्ध हुनुपर्नेसमेत आह्वान गर्नुभएको छ ।

‘देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्र्न संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा मुलुकलाई नवनिर्माणको चरणमा प्रवेश गर्यौ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने हाम्रो यस अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकतावद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न समेत म सबैमा आह्वान गर्दछु,’ उहाँले भन्नुभएको छ ।

LIVE TV