१९ कार्तिक २०७८, शुक्रबार

काठमाडाैं । आईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्याण्डले भारतलाई ८६ रनको झिनो लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले १७.४ ओभरमा सबै विकेट गुमाएर ८५रन बनाएको थियो ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक २४ रन बनाएर मैदानबाट बाहिरिएका थिए । यस्तै, दा मिचेल लेस्कले २१ रन, कलुम म्याकलोडले १६ रन र मार्क वुडले १४ रन बनाउन सफल भएका थिए ।

खेलमा भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सामीले तीन तीन विकेट लिए भने बुमराहले दुई र रविचन्द्र आश्विनले १ विकेट लिन सफल भएका थिए ।

स्कटल्याण्डसँग झिनो लक्ष्य पाएको भारतले अबको अन्तिम खेल नामिवियासँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV