१९ कार्तिक २०७८, शुक्रबार

एजेन्सी । कोभिड–१९ विरुद्ध अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले उत्पादन गरेको खाने चक्कीको प्रभावकारिता ८९ प्रतिशत देखिएको छ ।

बीबीसीका अनुसार कोभिड बिरामीका लागि विकास गरिएको फाइजर खाने चक्कीले ८९ प्रतिशत प्रभावकारी देखिएको छ ।

कोभिडको लक्षण देखिनासाथ बिरामीहरूले फाइजर चक्की खान भनिएको छ भने पाँच दिनसम्म दिनहुँ तीनवटा चक्की सेवन गर्नुपर्ने हुन्छ।

फाइजरले कम्पनीले चक्कीको आपत्‌कालीन प्रयोगका लागि अमेरिकी नियामक निकायमा निवेदनसमेत दिइसकेको छ।

हाल परीक्षणमा रहेको फाइजर खाने चक्कीलाई बेलायत नियामक निकायले बिहीवार यसको प्रयोगका लागि अनुमति दिएको छ ।

बिरामीका लागि सहजताका लागि उत्पादन गरिएको फाइजर चक्की अस्पताल र चिकित्सकहरूमाथि बोझ घटाउन ल्याइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV