१९ कार्तिक २०७८, शुक्रबार

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको आकाश पटकाको धुवाँले भरिएको छ । दिवाली पर्वको अवसरमा अत्याधिक मात्रामा पट्किएको पटकाका कारण नयाँ दिल्लीको आकाश धुँवाले भरिएर वायु प्रदूषण भएको छ ।

पटका पड्काउन सरकारको प्रतिबन्ध लगाए पनि पटकाको प्रयोग अत्यधिक भएपछि वायु प्रदूषण हालसम्मको उच्च बिन्दूमा पुगेको छ ।

बिहीबार रातभर पट्काइएको पटकाको धुवाँले शुक्रबार बिहान सडक पूरै धुवाँमय बनेको थियो । खराब वायुले मानिसको स्वासप्रस्वास तथा आँखा पोल्ने जस्ता समस्या उत्पन्न गरेको छ । पटकाको धुवाँले शुक्रबार दिल्लीको प्रदूषण बढेर एक हजार माइक्रोग्राम पुग्न लागेको त्यहाँको सञ्चारमाध्यम आजतकले जनाएको छ ।

जुन वायु प्रदूषण हालसम्मकै अत्याधिक प्रदूषणको बिन्दूमा पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ५ माइक्रोग्रामभन्दा माथिको रेकर्डलाई असुरक्षित मान्ने गरेको छ ।

त्यहाँका सञ्चारमाध्यमका अनुसार वायु प्रदूषण हुुनमा ७० प्रतिशत पटका र बाँकी ३० प्रतिशत हावा प्रदूषित भएको पाइएको भनिएको छ ।

तर, पटकाका कारण दिल्लीको वायु प्रदूषण शुक्रबार एक हजार माइक्रोग्राम कटेको छ । त्यहाँका स्वास्थ्य विज्ञहरूले भने अब उक्त धुवाँ एक सातासम्म पनि नहट्ने बताएका छन् । प्रदुषणले ३८० माइक्रोग्राम पार गरेपछि स्वास्थ्यमा गम्भीर असर गर्ने डब्लुएचओले भनेको छ ।

वायु प्रदुषण मापन गर्ने आइक्यूले शुक्रबार साँझ साढे सात बजेसम्म वायु प्रदुषणको मात्रा एक्यु आइले बढेर ३१६ पुगेको छ । अहिले विश्वमै पहिलो वायु प्रदुषणका रुपमा भारत रहेको तथ्यांकमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV