१९ कार्तिक २०७८, शुक्रबार

रौतहट । पूर्व मन्त्री तथा नेकपा एमालेका नेता प्रभु साहले एमसीसी सम्झौता देश र जनताको लागि हितमा नरहेको बताएका छन् ।

शुक्रबार दीपावली तथा छठको अवसरमा रौतहटको फतुवा विजयपुर नगरपालिका–३ टेंग्राहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले एमसीसी सम्झौता राष्ट्रघाती भएको जिकिर गर्दै त्यसलाई कुनैपनि हालतमा रोक्नुपर्ने बताएका हुन् ।

संसदबाट अनुमोदन गरेर एमसीसीलाई लागू गरे देशमा द्वन्द्व निम्तिने पनि उनको जिकिर छ । त्यस्तै उनले माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको सहयोगमा कांग्रेस नेतृत्वको सरकारले एमसीसी पास गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै यसविरुद्ध जनता एकजुट हुनुपर्ने बताए ।

उनले भनेका छन्, ‘कांग्रेस मात्र होइन, कम्युनिष्ट खोल ओढेका माधव र प्रचण्ड र जसपा र सा पार्टीका उपेन्द्र यादव पनि एमसीसी सम्झौता पारित गर्न मतियार बनेका छन् ।’

अहिले देशमा एमसीसी सम्झौता गर्नका लागि सरकार लालायित रहेको र केही अर्ब पैसा अनुदानको नाममा देशमा द्वन्द्व निम्त्याउन राष्ट्रघाती एमसीसी सम्झौता गर्न कांग्रेस नेतृत्वको सरकार विदेशीसामु नतमस्तक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV