१९ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनबिना संसदबाट पारित नहुने बताउँदै भ्रममा नपर्न भनेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीको पार्टी अध्यक्षको नाम जोडेर एमसीसीका सन्दर्भमा हस्ताक्षर गरेर पठाइएको भनेपछि शुक्रबार फेसबुकमार्फत नेता श्रेष्ठले संधोधनबिना एमसीसी पारित नहुने पार्टीको ठोस धारणा रहेको बताएका छन् ।

नेता श्रेष्ठका अनुसार देशको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरु सच्याइएपछि मात्रै एमसीसी पारित गर्न अग्रसर भइनेछ । यदि राष्ट्रिय हित विपरीतका प्रावधानहरु यथावतै राखेर एमसीसी सम्झौता नहुने नेताले श्रेष्ठले बताए ।

नेता श्रेष्ठले सामाजिक सञ्जा फेसबुकमार्फत् भनेका छन्, ‘नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरु नसच्याइ यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न सक्दैन र संसदबाट पारित गर्न सकिन्न । यो नै हाम्रो पार्टी नेकपा (नेकपा माओवादी केन्द्र)को आधिकारिक निर्णय र धारणा हो।’

साथै, एमसीसीको विषयमा अनावश्यक भ्रममा नपर्न र पार्टीलाई जोडेर भ्रमपूर्ण प्रचार नगर्न पनि उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV