१९ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । साउथकी टप अभिनेत्रीको लिष्टमा चर्चित सामन्था रुथप्रभुले अभिनेता नागा चैतन्यसँग आफ्नो सम्बन्ध विच्छेदको अनाउन्समेन्ट (घोषणा) गरिसकेकी छन् । सामन्था र नागा चैतन्य आ–आफ्नो दुनियामा ब्यस्त भएको करिब एक महिना भइसकेको छ ।

सामन्था र नागा चैतन्यले सन् २०१७ मा गोवाको एक रिसोर्टमा धुमधामका साथ विहे गरेका थिए । अभिनेता नागा चैतन्यसँग छुट्टिएपछि अभिनेत्री सामन्थाले अक्सर सोसल मिडियामा केही ‘क्वोट्स’ (भनाइहरु) पोष्ट गर्दै आएकी छन् । सामन्थाको गर्ने गरेको पोष्टले उनको निजी जीवनमा चलिरहेको इमोशनको इशारा गर्छ ।

भनिन् ‘म स्ट्रोङ (बलियो) छु’

अभिनेत्री सामन्थाले पछिल्लो पोष्टमार्फत् आफू बलियो (स्ट्रोङ) भएको बताएकी छन् । सामन्थाले नोट सेयर गर्दै भनेकी छन्, ‘म स्ट्रोङ छु । म पर्फेक्ट होइन । मैले कहिल्यै पनि हार मान्दिन । म माया गर्छु । म डिटरमाइन्ड छु । म’मा रिस छ । म मान्छे हुँ, म वारियर हुँ । मेरी आमा पनि यस्तै भन्नुहुन्छ ।’

विहेको बारेमा पनि सामन्थाले गरेकी थिइन् पोष्ट !

पछिल्लो समय अभिनेत्री सामन्थाले विहेको बारेमा पनि एक पोस्ट शेयर गरेकी थिइन् । उनले पोष्टमा लेखेकी थिइन्, ‘तपाई आफ्नो छोरीलाई यस्तो काबिल बनाउनुस् कि उनलाई कसले विहे गर्छ भनेर तपाईले चिन्ता गर्न नपरोस् । उनको विहेको लागि पैसा बचाएर राख्नुको साटो उनको शिक्षा–दीक्षामा खर्च गर्नुहोस् । आफूले आफैलाई माया गर्न र कन्फिडेन्ट बनाउनुहोस् । आत्मरक्षाको लागि आवश्यक भएमा कसैलाई मार्न पनि सकोस् ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV