१९ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । बलिउड अभिनेत्री सान्या मल्होत्राले जुहूमा नयाँ अपार्टमेन्ट किनेकी छन् । ‘दंगल’ फिल्मबाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री सान्याले खरिद गरेको नयाँ अपार्टमेन्ट जुहू–वर्सोवा लिंक रोडस्थित रहेको छ । उक्त विल्डिङको नाम ‘बैव्यू’ रहेको छ ।

मनी कन्ट्रोलका अनुसार उक्त अपार्टमेन्ट बिल्डर समीर भोजवानीको थियो । १४ अक्टोवरदेखि भने उक्त अपार्टमेन्ट अभिनेत्री सान्या मल्होत्राको नाममा भएको छ । अभिनेत्री सान्याले १४.३ करोडमा उक्त नयाँ अपार्टमेन्ट खरिद गरेकी हुन् ।

बलिउडका सुपरस्टार ऋतिक रोशनले पनि सोही विल्डिङमा दुई वटा अपार्टमेन्ट खरिद गरेका छन्, जसको टोटल मूल्य १०० करोड रहेको बताइएको छ । ऋतिक रोशनको एक अपार्टमेन्ट ३८ हजार स्क्वायर फीट एरियामा रहेको छ, भने अर्को अपार्टमेन्ट ६८ हजार स्क्वायर फीट एरियामा बनेको छ ।

सन् २०१८ मा अभिनेत्री सान्याले मुम्बईमा प्रापर्टी खरिद गरेकी थिइन् । सो समयमा अभिनेत्री सान्याले नयाँ घरको बारेमा भनेकी थिइन्, ‘मुम्बई मेरो घर बनिसकेको छ । यहाँ म सुरक्षित सहसुस गर्छु र स्वतन्त्र लाग्छ । मेरो परिवार दिल्लीमा रहन्छन्, यहाँ आउने–जाने गर्छन् । पछिल्लो पाँच वर्षमा मुम्बईले मलाई धेरै कुरा दिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV