१९ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । टी-ट्वान्टी विश्वकपमा आज दुई खेल हुने भएका छन् । आजको पहिलो खेल समूह ‘बी’ मा रहेका टीम नामिबिया र न्यूजिल्याणबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै अर्को खेल भारत र स्कटल्याण्डबीच भिडन्त हुनेछ ।

नामिबिया र न्यूजिल्याण्डबीचको पहिलो खेल शारजाह क्रिकेट स्टेडियममा हुनेछ । यो संस्करणको टी टीट्वान्टी विश्वकपको यात्रामा ४ अंक जोडे बनाएको न्युजिल्याण्डले खेल जिते सेमिफाइनमा पुग्नेछ ।

उता नामिविया पनि न्यूजिल्याण्डलाई पराजित गर्दै सेमिफाइनलमा आफूलाई पुर्याउने दाउमा छ । नामिबिया पाकिस्तानसँग पराजित भएको टोली हो । तर उसले पाकिस्तानबिरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यसैले यी दुई टोलीबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

त्यस्तैगरी यता भारत र स्कटल्याण्डबीचको खेल पनि रोमाञ्चक हुने अनुमान गरिएको छ । तीन खेल खेलर दुई अंक बनाएको भारत पनि फराकिलो जित निकाल्दै सेमिफाइनलको सम्भावनालाई जोगाउन चाहन्छ ।

उता स्कटलयाण्ड भने पहिलो जितको खोजीमा रहेको छ । उसले हालसम्म कुनैपनि जित निकाल्न सकेको छैन । भारत स्कटल्याण्डबीचको खेल बेलुका पौने ८ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV