१८ कार्तिक २०७८, बिहीबार

काठमाडौं । टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा बंगलादेशविरुद्ध अष्ट्रेलियाले शानदार जित निकालेको छ । बिहीबार दुबईमा भएको खेलमा अष्ट्रेलियाले बंगलादेशविरुद्ध ८ विकेटको शानदार जित निकालेको हो ।

७४ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ६ दशमलव २ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो । अष्ट्रेलियाका लागि डेभिड वार्नरले १८ र आरोन फिन्चले ४० रन जोडे भने मिचेल मार्स १६ रनमा अविजित रहे ।

बंगलादेशका तास्किन अहमेद र सोरफुल इस्लामले समान १–१ विकेट लिए । यसअघि सुरुवाती ब्याटिङ्ग गरेको बंगलादेशले १५ ओभरमा अलआउट हुँदै ७३ रन मात्र बनाउन सक्यो ।

बंगलादेशका लागि ओपनर मोहमद नइमले १७, समिम हुसेनले १९, महमुदुल्लाहले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

बंगलादेश सुपर १२ मा जित विहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अष्ट्रेलियाले महत्वपूर्ण जित निकाल्दै सेमिफाइनलको दौडमा आफुलाई कायम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV