१८ कार्तिक २०७८, बिहीबार

काठमाडौं । अनामनगरस्थित बाजेको सेकुवा कर्नर पछाडि रहेको अशोक ढकालको फर्निचर सोरुममा आगलागी भएको छ ।

आज लक्ष्मीपूजा गरेपछि दियो बालेर पसल बन्द गरिएकाे ढकालको घरमा लक्ष्मीपूजाकै दियोबाट आगो सल्केर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कार्की भवन नाम रहेको उक्त ६ तले घरमा राति करिब ८ बजेबाट आगलागी सुरू भएको परिसरले जनाएको छ।

भवनको पहिलो र दोस्रो तलामा ढकालको फर्निचर शोरुम रहेको थियो । आगो निभाउन दुई वटा दमकल, प्रहरी र स्थानीयले प्रयास गरिरहेको बताइएको छ ।

आगलागीबाट ५० लाख रुपैयाँको क्षति भएको आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV