१८ कार्तिक २०७८, बिहीबार
  • महेश्वर के.सी.

काठमाडौं । आज तिहारको तेस्रो दिन लक्ष्मी पूजा । सदाझैँ यसपाली काठमाडौंमा त्यति बत्तिको झिलिमिली देखिएन । काठमाडौंका व्यापारिक क्षेत्र इन्द्रचोक, असन, विशालबजारमा बत्तिको झिलिमिलीभन्दा बढी मानिसहरुको भीड देखिन्थ्यो ।

बसन्तपुर, दरबारमार्गका सडकमा सवारीको जाम लागेको देखिन्थ्यो । तैपनि सदाझैँ झिलिमिली देखिएन । चाँडका बेला यी क्षेत्रमा रम्न आएका मानिसहरुको भीड भने जमेको थियो ।

सहीदगेट पुगेर नयाँ बनेको धरहरा नियाल्दा धरहरामा बत्तिको चमक थिएन । त्यस वरपर मानिसहरुको भीड भने बाक्लै थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV