१८ कार्तिक २०७८, बिहीबार

भक्तपुर । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको दिनमा आइपुग्दा माओवादी कमजोर हुनु र हेपिनुको कारणबारे ब्याख्या विश्लेषण गरेका छन् ।

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीमा गुट, प्रतिक्रान्तिकारीसँगको साँठगाँठ कारण पार्टी कमजोर र हेपिएको बताएका छन् ।

‘सामूहिक जिम्मेवारी, निर्णय छाड्ने । सानो गुट बनाएर आफ्नो स्वार्थका निम्ति केही कमीहरु पक्कै पनि देखा परेका हुन् । र, हाम्रो पार्टीभित्र फेरि आफ्ना नीति कार्यक्रमका विषयमा गुटबन्दी बढ्दै जाँदा पार्टी विभानज पनि भयो,’ प्रचण्डले भने, ‘त्यसपछि प्रक्रियावादीहरुले विस्तारै माओवादी पार्टी, एजेन्डा, निष्ठालाई हेप्न थाल्यो । तपाईहरुले कत्तिको हेक्का राख्नुभएको छ मलाई थाहा छैन । काम न काजका गुण्डाहरुले पनि माओवादीलाई हेप्ने । वाइसीएललाई हेप्ने गर्न थाले । अनि संघीयताविरोधी तत्वहरु शासनसत्तामा आउने र हाम्रा एजेन्डाहरु उल्टाउन थाले ।’

दुई ठूला कम्युनिष्ट एकता भएर बनेको तत्कालीन नेकपामा केपी शर्मा ओलीका कारण माओवादीका नीति र सिद्धान्तलाई सिध्याउने खेल सुरु भएको पनि प्रचण्डको आरोप छ । उनले भने, ‘देशमा स्थिरता भएपछि विकास हुन्छ भनेर कम्युनिष्टहरुबीच एकता भएको तर, पार्टीभित्रबाटै (अध्यक्ष र प्रधानमन्त्रीबाटै) माओवादी संघीय, लोकतान्त्रिक, गणतन्त्र उल्टाउने काम भयो । तपाईहरु सबैलाई थाहै छ ।’

ओलीसँग एकता गरेर पछुतो नलागेको पनि अध्यक्ष प्रचण्डले बताए । उनका अनुसार कम्युनिष्टलाई एक बनाउनुपर्छ भन्ने सपना, मनसाय गलत थिए बिल्कुल सही थियो ।

सपना सही भएकै कारण अत्यधिक बहुमतले सबैले उत्साहका साथ निर्वाचनबाट अनुमोदन गरेको पनि प्रचण्डको भनाइ छ । पछि पार्टीमा गलत प्रवृत्तिविरुद्ध संघर्ष गर्दा गलत नभएको तर, प्रतिक्रान्तिकारीहरुले आफ्ना एजेन्टहरु खोज्ने गर्नु दुःखद रहेको उनले बताए ।

रुसको उदाहर दिँदै रुसमा पनि महासचिव गद्दार भएर कम्युनिष्ट हारेको प्रचण्डले बताएका छन् । उनका अनुसार त्यहाँ अमेरिकाजस्ता राष्ट्र आएर कम्युनिष्ट हारेको होइन, पार्टीभित्रैका प्रतिक्रियावादीहरुका कारण कम्युनिष्ट हारेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV