१८ कार्तिक २०७८, बिहीबार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३८४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार २५९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ८७ जना र ३ हजार १२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०८ हजार ९१० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५१८ जना कोरोनामुक्त भए, २ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ सय १८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९३ हजार ७८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ३८४ जनाको परीक्षण हुँदा हालसम्म कुल ५१ लाख २० हजार १४२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ ।

LIVE TV