१८ कार्तिक २०७८, बिहीबार

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले भीम आचार्य नेतृत्वको प्रदेश सरकारले गरेको कामका विषयमा पुनरावलोकन गरिने बताएका छन् ।

बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले आचार्य नेतृत्वको सरकारले रित नपुराई गरेका कामलाई स्वीकार गर्ने पक्षमा नरहेको भन्दै पुनरावलोकन गरिने बताए ।

त्यस्तै उनले यसअघिको प्रदेश सरकारले कानून वितपरित र रित नपुराई धेरै काम गरेको भन्दै त्यसलाई खारेज गर्ने धारणा राखे । उनले आफू अगाडिका दुई वटा सरकारले गरेका महत्वपूर्ण र राम्रा कामलाई भने वेवारिसे नछाड्ने भन्दै निरन्तरता दिने उल्लेख गरे ।

त्यस्तै मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा प्रदेशको नामाकरणलाई टुङ्गो लगाउन पहलकदमी र नेतृत्व लिने जिकिर गरे । उनले प्रदेशको बजेट अत्यन्तै सानो रहेको र बजेटको आयातनलाई ठूलो बनाउन प्रयास गरिने पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV