१८ कार्तिक २०७८, बिहीबार

एजेन्सी । चीनकी प्रसिद्ध टेनिस खेलाडी पङ शुआईले चीनका पूर्व उपप्रधानमन्त्रीमाथि यौन शोषणको आरोप लगाएकी छन् । टेनिस खेलाडी पङ शुआईले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै पूर्व उपप्रधानमन्त्रीमाथि यौन शोषणको आरोप लगाएकी हुन् ।

गत मंगलबार अबेर राति उनको भेरिफाइड बीबो अकाउन्टको स्क्रीनशटमा यसको पुष्टि भएको थियो । पछि उनले पोस्ट डिलिट गरेकी रोयटर्स समाचार संस्थाले जनाएको छ ।

टेनिस खेलाडी पङले चाङ गाओलीविरुद्ध आरोप लगाएकी हुन् । पोलिटब्यूरो स्थायी समितिका पूर्व सदस्य चाङले यौनका लागि बाध्य बनाएको पङको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV