१८ कार्तिक २०७८, बिहीबार

काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बृद्धि भइरहँदा नेपालमा पनि मूल्य बृद्धि हुनु स्वभाविक भएको बताएका छन् । बिहीबार (आज) कार्यकारी निर्देशक पौडेलले नेपालमा पनि मूल्य बृद्धि हुनु स्वभाविक भएको बताएका हुन् ।

त्यस्तै उनले पेट्रोलियम पदार्थको मूल्य बृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह पनि गरेका छन् । उनले नेपालमा तेलको मूल्य बृद्धि भएको विषयलाई अनर्गल ग्रचार गरिरहेको बताउँदै राजनीतिक दल र तिनका भातृ संगठनहरुले यसलाई राजनीतिक विषय बनाएको आरोप बताए ।

कार्यकारी निर्देशक पौडेलले अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर ७ रुपैयाँ तेलको मूल्य बृद्धि हुँदा नेपालमा ३ रुपैयाँ मात्र बढाइएको बताए । जसले गर्दा जनता मारमा नपार्ने पनि उनको भनाइ छ । त्यस्तै विश्व राजनीतिमा उतार–चढाब हुँदा तेलको मूल्य बढिरहेको र अबको दुई वर्ष तेलको मूल्य स्थिर हुन नसक्ने पनि उनको भनाइ छ ।

आयल निगम सरकारी संस्था भएकाले अस्वभाविक नहुने र सबैचिज पारदर्शी नै हुने उनको दाबी छ । त्यस्तै उनले अहिले निगम डिजेलमा प्रतिलिटर १५ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ घाटामा रहेको बताए । एलपी ग्याँसमा ७२० रुपैयाँ नोक्शानमा रहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV