१८ कार्तिक २०७८, बिहीबार

काठमाडौं । नेपाल प्रज्ञा–प्रनतिष्ठाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्तीका अवसरमा ‘व्यक्तित्व चर्चा र रचना वाचन कार्यक्रम’ सम्पन्न गरेको छ ।

कार्यक्रम सुरु हुनु अगाडि प्रज्ञा परिसरमा अवस्थित महाकवि देवकोटाको प्रतिमामा महाकवि देवकोटापुत्र प्रा.डा.पद्मप्रसाद देवकोटा, पुत्री अम्बिकादेवी रिमाल, कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद्का सदस्यलगायतले माल्यर्पण तथा पुष्पगुच्छा अर्पण गरी महाकवि देवकोटाप्रति श्रद्धासमुन अर्पण गरेका थिए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति उप्रेतीले महाकवि देवकोटा नेपाली साहित्यका विराट प्रतिभा भएको उल्लेख गरे । नेपाली साहित्यलाई विश्वमा परिचित गराउन महाकवि देवकोटाको अत्यन्त महत्वपूर्ण भूमिका रहेको उनले बताए ।

महाकवि देवकोटा सङ्हग्रहालय पुनःनिर्माणको कार्य अगाडि बढिरहेको र अर्को सालको भानु जयन्तीमा उक्त सङ्ग्र्रहालयको उद्घाटन गर्ने योजना रहेको पनि उनले बताए । त्यस्तै उपकुलपति डा.जगमान गुरुङले महाकवि लक्ष्मीप्रसाद देवकोटा विशिष्ट साधक भएको विचार व्यक्त गरे ।

कार्यक्रमका सभाध्यक्षसमेत रहेका साहित्य (पद्यरकाव्य) विभाग प्रमुख प्रा.डा.हेमनाथ पौडेलले महाकवि देवकोटाको व्यक्तिचर्चा र उनका प्रतिनिधिमूलक रचना वाचनले कार्यक्रमलाई साथर्क तुल्याएको बताए । प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालले देवकोटाका प्रवृत्ति झल्किने रचनाहरूका अंश वाचन गरेका थिए ।

त्यस्तै कार्यक्रममा उपस्थित वरिष्ठ वाङ्मय अन्वेषक प्रा.मोहनप्रसाद खनालले नेपालले चिन्नुअघिनै महाकवि देवकोटालाई विश्वले चिनिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV