१८ कार्तिक २०७८, बिहीबार

काठमाडौं । कानून संकायको एलएलबी तहका लागि लिइएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको छ । सय (१००) पूर्णाङ्कको परीक्षामा कम्तिमा ४० अंक ल्याउने २ हजार ४९ जना उत्तिर्ण भएका छन् ।

नेपाल ल क्याम्पसका लागि ६ सय जनाको कोटामा २ हजार ४९ जना उत्तिर्ण भएका छन् । विशेष गरी मेरिट लिस्टका आधारमा नतिजा प्रकाशित गरिएको छ ।

कम्तिमा ५१ अंक ल्याउने परीक्षार्थी शीर्ष ६ सय जनामा अटाएका छन् । नेपाल ल क्याम्पसका लागि मात्र करिब ६ हजार जनाले प्रवेश परीक्षा दिएका थिए ।

राजविराजको महेन्द्र विन्देश्वरी क्याम्पस, बुटवलको बुटवल बहुमुखी क्याम्पस, विरगन्जको हरिखेतान बहुमुखी क्याम्पस, धरानको महेन्द्र बुहुमुखी क्याम्पस र नेपालगन्जको महेन्द्र बुहुमुखी क्याम्पसका लागि लिइएको प्रवेश परीक्षाको पनि परीक्षाफल प्रकाशित गरिएको छ ।

LIVE TV