१८ कार्तिक २०७८, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो वाइडेनसँग पनि भेटेको जानकारी दिनुभएको छ । बेलायत भ्रमणका क्रममा आफूले राष्ट्रपति जो वाइडनलाई भेटेको भेटेर कुराकानी गरेको बताउनु भयो ।

उहाँले राष्ट्रपति जो वाइडनले देख्ने टोपीको आधारमा चिनेको बिहीबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई जानकारी दिनुभयो ।

‘अमेरिकी राष्ट्रपति जो वाइडेनसँग पनि भेट भयाे । उनी पहिलेनै नेपाल आएका रहेछन्,’ उहाँले भन्नुभयो, ‘मैले टोपी लगाएर गएको थिएँ। देख्नेबित्तिकै चिनिहाले।’

वाइडेनले नेपाल राम्रो देश रहेको र खुब मन पर्ने भनेर सुनाएको पनि प्रधानमन्त्री देउवाले बताउनुभयो । देउवा र वाइडनबीच सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेको रात्रिभोजमा भेट भएको थियो । सो क्रममा दुवै पक्षबीच कुराकानी भएको थियो । प्रधानमन्त्री देउवाले बेलायत भ्रमणका क्रममा विभिन्न मुलुकका प्रमुखहरुबीच भेतवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV