१८ कार्तिक २०७८, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी रोक्न संसद अधिवेशन अन्त्य नगरिएको बताउनु भएको छ । बेलायत भ्रमणबाट फर्किए लगत्तै त्रिभूवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले एमसीसीका लागि नभइ अर्कै प्रयोजनका लागि संसद अधिवेशन अन्त्य गरेको बताउनुभयो ।

उहाँले एमसीसीबारे अमेरिकालाई नआत्तिन आग्रह गरेको पनि बताउनु भएको छ । पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले दलहरुबीच सहमति गरेर एसीसी पास गर्नेसमेत बताउनु भएको छ ।

त्यस्तैगरी प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका पनि बताउनु भएको छ । यद्यपि मोदी आउने मिति तय भने नभएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईंलाई नेपालमा स्वागत गर्छौं भनेँ । तपाईं पशुपतिनाथ, मुक्तिनाथ जानुहुन्छ ? तपाईं धार्मिक ठाउँ जानुहुन्छ ? भन्दा उहाँले आउन तयार छु भन्नु भएको छ । उहाँ नेपाल भ्रमणमा आउने मितिको चाहिँ कुरा भएन।’

प्रधानमन्त्री देउवा एकसाता लामो बेलायत भ्रमणपछि आज नेपाल आउनुभएको हो । बेलायत भ्रमणका क्रममा उहाँले विभिन्न मुलुकका प्रमुखसँग भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV