१८ कार्तिक २०७८, बिहीबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी अरु दल जस्तो नभएको जिकीर गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी पार्टी अन्य दलजस्तो देखिएको तर त्यो नभएको स्पष्ट पारे ।

‘माओवादीले यत्रो जनयुद्ध गर्यो । परिवर्तन ल्यायो । हामी अन्य पार्टी भन्दा फरक पार्टी हौँ । तर पछिल्लो समय १५ वर्षयता माओवादी पार्टी अन्य पार्टी जस्तै भयौँ तर त्यो होइन,’ उनले भने ।

अध्यक्ष प्रचण्डले माओवादीले पहिचानको मुद्धा नछोडि अघि बढाइरहेको पनि बताएका छन् । यसलाई अझ शसक्त तरिकाले अघि बढाउनेमा माओवादी प्रतिबद्ध रहेकोसमेत उनले उल्लेख गरेका छन्।

‘पहिचानको मुद्धा छोडेका छैनौँ । सविधानमा पहिचानको मुद्धा नसमेटिएकोमा हामीले बिरोध जनाएका छौँ ,’ उनले भने, ‘यसका लागि हामीले देशभरी आन्दोलन गरेका छौँ । खुशीको कुरा हामीले माओवादीको महत्व बढेको छ ।’

त्यस्तैगरी अध्यक्ष प्रचण्डले पछिल्लो समय मुलुको सबै क्षेत्रमा माओवादीको अकर्षण बढेको दावी गरेका छन् । उनले नेपालका हिमाल, पहाड र तराई क्षेत्रका बुद्धिजीवी तथा नागरिकहरुले पनि देश बचाउन माओवादीको आवश्यकता अनुभूत गरेको बताए ।

‘यो देश बचाउन माओवादी खोजिरहेका छन् । तराइ पहाड हिमालका मानिसहरु पनि माओवादी खोज्दैछन् । बुद्धिजिवी मानिसहरु पनि । उहाँहरु माओवादीमा आकर्षित भएको पाएको छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV