१८ कार्तिक २०७८, बिहीबार

सुर्खेत । दाङबाट सुर्खेततर्फ गइरहेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रा १ च १३१० नम्बरको जीप रत्न राजमार्ग अन्तरगत वीरेन्द्रनगरको झुप्रा नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

आज बिहान भएको दुर्घटनामा परि दुर्घटनामा घोराही नगरपालिका–१३ अन्दाजी २८ वर्षीय चालक राजु विकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते विकलाई उद्दार गरी कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लिवाङ नगरपालिका–३ रोल्पाका १६ वर्षीय लोकेन्द्र सुनार घाइते छन्। उनको अवस्था सामान्य रहेको छ।

LIVE TV