१८ कार्तिक २०७८, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन आगामी निर्वाचनसम्मै जाने संकेत गर्नुभएको छ । बेलायत भ्रमणबाट फर्केलगत्तै उहाँले पाँच दलीय गठबन्धन लामो समयसम्मै जाने प्रतिकृया दिनुभएको छ ।

उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै  भन्नुभयाे- ‘गठबन्धन पूरै समय रहन्छ । गठबन्धनमा कुनै किसिमको शंका नगर्नुभए हुन्छ ।’

वर्तमान सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन रहेको छ । बेलायत भ्रमणका क्रममा उहाँले विभिन्न मुलुकका प्रमुखहरुसँग भेटघाट तथ छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV