१८ कार्तिक २०७८, बिहीबार

काठमाडौं । कुनै समय एकै पार्टीका अध्यक्ष तथा वरिष्ठ नेता रहेका केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले आज एकै नगरपालिकामा सम्बोधन गर्ने भएका छन् ।

उनीहरु एमाले र माओवादी पार्टी एकीकरण हुँदा एकै पार्टीका नेताहरु थिए । तर आज परिस्थिती फरक रुपमा बदलिएको छ ।

नेकपा (एमाले) अध्यक्षको रुपमा ओली, माओवादी केन्द्रको अध्यक्ष र नेकपा (एकीकृत समाजवादी)को अध्यक्षको हैसियतमा आज भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कार्यक्रमहरुमा उनीहरुले सम्बोधन गर्न लागेका हुन् ।

उनीहरुले एकै कार्यक्रममा नभइ फरक-फरक स्थानमा सम्बोधन गर्नेछन् । पार्टीकाे थिमी नगर संगठन कमिटीले आयोजना गरेको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष नेपाल सरिक हुने लागेका हुन् ।

उता माओवादी केन्द्रका अध्यक्ष पनि पार्टीको मध्यपुर थिमि नगर कमिटीको नेपाल संवत् ११४२ (नयाँ वर्ष) तथा शुभ दीपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा नेपाल संवतका प्रवर्तक, राष्ट्रिय विभुती शंखधर साख्वा: को प्रतिमामा माल्यार्पण कार्यक्रममा सम्बवधन गर्नेछन् । उनको कार्यक्रम शंखधरचोक, मध्यपुर थिमिमा दिउँसो साढे १ बजे तोकिएको छ ।

त्यस्तै मध्यपुर थिमि नगरपालिकाको ‘गन्तव्य मध्यपुर थिमि’ तस्बिर पुस्तक बिमोचनमा एमाले अध्यक्ष ओली सरिक हुनेछन् । उनको पनि कार्यक्रमको समय दिउँसो ठिक १ बजे नै रहेको छ । उनले मध्यपुर थिमि ४, निगुपुखमा १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पछिल्लो समय ओली प्रचण्ड र नेपालको एक अर्काबिरुद्ध खनिदै आएका छन् । नजिकिँदै गरेकाे निर्वाचन र पार्टी विभाजनकाे प्रभावले कार्यकर्ता अकर्षण गर्न नेताहरुले एकअर्का बिरुद्ध आरोप प्रत्यारोप लगाउँदै आएका छन् । उनीहरु प्रत्येक कार्यक्रममा एक अर्काबिरुद्ध विभिन्न आक्षेप लगाउँने र खण्डन गर्ने गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV