
काठमाडौं । (यूईएफए) च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।
समूह बीमा रहेका टोलीबीच भएको खेलमा घरेलु टोली लिभरपुलले २ ० को जित निकालेको हो । लिभरपुलको जितमा खेलको १३ औं मिनेटमा डिएगो जोटाले पहिलो गोल गरेका थिए ।
उनका लागि अलेक्जेन्डर आर्नोल्डले पास मिलाएका थिए । त्यस्तै खेलको २१ औं मिनेटमा आर्नोल्डकै पासमा साडियो मानेले गोल गर्दै गरेर टिमलाई अब्बल साबित गराएका थिए । उक्त पास पनि अलेक्जेन्डर आर्नोल्डले नै मिलाई दिएका थिए ।
त्यसयता दुवै टीमबाट गोल हुनसकेको थिएन । यो जितसँगै लिभरपुलले लगातार ४ खेलमा जित निकालेको छ । उसले १२ अंक पनि जोडेको छ । उ अन्तिम १६ मा पनि पर्न सफल भइसकेको छ ।