१८ कार्तिक २०७८, बिहीबार

काठमाडौं । जाभीले आफू प्रशिक्षकका रुपमा बार्सिलोना फर्कन तयार रहेको बताएका छन् । जाभी बार्सिलोनाका पूर्व खेलाडि हुन् ।

हाल कतारमा रहेका जाभीले बार्सिलोनाका ३ खेलाडिसँगको कुराकानीमा आफू बार्सिलोना फर्कन तयार रहेको प्रतिकृया दिए । उनले खेलाडिहरुसँग भनेका छन्, ‘म बार्सिलोनाको प्रशिक्षकको रुपमा क्याम्प नोउ फर्कन तयार छु, त्यसको लागि म हाल आबद्ध रहेको क्लव अल सादसँग सहमती हुन आवश्यक छ।’

बार्सिलोनालाई कतारी क्लव अल सादले जाभीसँग गरेको सम्झौताप्रति अनावश्यक हल्ला गरेको आरोप लागेको छ । जाभी आबद्ध क्लव अल सादले बार्सिलोना जान नदिने चर्चासमेत चल्दै आएको छ ।

बार्सिलोनाले आफ्नो प्रशिक्षकलाई हटाइसकेको छ । नयाँ प्रशिक्षकका रुपमा बार्सिलानाले जाभीसँग लभिङ गरिरहेको छ । उता जाभीले पनि बार्सिलोनासँग काम गर्नका लागि तयार रहेको बताउँदै धेरै कुरामा सहमति भइसकेको प्रतिक्रिया दिएका छन् ।

जाभीले २०१९ मा खेलाडी जीवनबाट सन्यास लिएका थिए । त्यसयता उनले प्रशिक्षकको जिम्मेवारीमा रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV